संसदमा गृहमन्त्रीले गरे आत्मालोचना

 भदौ २९, २०७५ शुक्रबार १२:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नको समयमै रिपोर्टिङ गर्न नसकेको प्रति आत्मालोचना गर्नुभएको छ । सदनमा उठेका कुरामा गृहमन्त्रालयले समयमै रिपोर्टिङ गर्न खोजेको भए पनि विभिन्न कारणले नसकेको भन्दै उहाँले आत्मालोचना गर्नु भएको हो ।  

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सदनमा उठेका जिज्ञासाको जवाफ विभिन्न कारणले समयमै दिन नसकेकोमा कमजोरिको रुपमा लिने हो भने म आत्मालोचना गर्न चाहन्छु, उहाँले भन्नुभयो । 

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्या प्रकरणमा गृहमन्त्रालय गम्भीर रहेको र अनुसन्धानलाई पनि गम्भीर रुपमा अगाडि बढाइरहेको बताउनुभयो ।  छिट्टै नै अपराधिलाई कानुनी कठघरामा ल्याइने प्रष्ट पार्दै उहाँले उच्चस्तरीय छानविन आयोगले गम्भीर भएर काम गरिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Lal bahadur

    Sept. 14, 2018, 7:24 p.m.

    सर्बप्रथम नेपालीहरु मा नमस्कर म साउदी अरब बाट यदि नेपालका मन्त्री पुलिस प्रशासनले ढाकछोप नगरेको भए किन अहिलेसम्म पीडित ले न्याय पाउन सकेको छैन ? निर्मलाको हत्याकाण्डमा अनि सुन तस्करीको कुरामा पनि जबाफ चाइन्छ नेपाल प्रहरी ले सक्दैन भने सबैलाई जागीर निकाल्नु पर्छ, किन हाम्रो करको पैसा खान दिनु ? के नेपाल मा राम्रो जनशक्ति छैनन् र नभए हामी अरबबाट फर्किन्छौ/

  •  0 Reply

तपाईको प्रतिक्रिया