फ्राइडे रिलिज : आजदेखि ‘साली कस्को भेनाको’ ’रामकहानी’ दोस्रो सातामा

 भदौ २९, २०७५ शुक्रबार १२:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबारदेखि नयाँ चलचित्र ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ । प्रचार प्रसारका हिसाबले केही पछाडि देखिएको चलचित्रले सोलो रिलिजको अवसर भएको छ । चलचित्र ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएसँगै अघिल्लो साताबाट प्रदर्शनमा आएको चलचित्र ’रामकहानी’ दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ ।

चलचित्र ‘साली कस्को भेनाको’ लाई निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । चिलचित्रमा विशेषत मगर समुदायको रहन सहन देखाउने प्रयास गरिएको छ ।चलचित्रमा साली र भेनाको सम्बन्धलाई विशेष रुपले प्रस्तुत गरिएको छ  ।

भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रमा विल्सनविक्रम राइको मुख्य भुमिका देख्न सकिन्छ । त्यसो त यस अघि प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’मा पनि विल्सन मुख्य भुमिकामा नै प्रस्तुत भएका छन् । दुवै चलचित्रमा उनले लिड रोल नै प्रस्तुत गरका छन् ।

‘साली कस्को भेनाको’ मा विल्सन सँगै सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, देव सागर लगायतका कलाकारको मुख्य भुमिका हेर्न सकिन्छ । अझै पनि गएको हप्ता प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ले राम्रै व्यापार गरिरहेका कारण चलचित्र ‘साली कस्को भेनाको’ले  निकै कम हल पाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया