जबर्जस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

 भदौ २९, २०७५ शुक्रबार १३:४६:४७ | उज्यालो सहकर्मी

बैतडी – १६ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेका छन् । 

बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका –४, कै बालिकालाई ठूलीखोला भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको पिडित पक्षको भनाई छ । 

पीडित किशोरीको ठाडो निवेदनका आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँ बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया