पहिरोका कारण बेसीशहर–चामे सडक अवरुद्ध

 भदौ २९, २०७५ शुक्रबार १३:५६:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– बेसीशहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । हिमाली जिल्ला मनाङ पुग्ने यो एकमात्र सडकखण्ड हो । बुधबार परेको वर्षासँगै खरखरे भीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास गरिएता पनि सडक सुचारु गर्न सकिएको छैन । सवारी आवत–जावत ठप्पै छ । सडक अवरुद्ध भई सवारी नचल्दा स्थानीय तथा पर्यटकलाई आवत–जावतमा निकै समस्या भएको छ । 

‘विहीबार बिहानैबाट सडक डिभिजिन कार्यालय दमौलीले सडक खुलाउने प्रयास गरिरहेको छ । तर ठूलो पहिरो खसेका कारण सडक सुचारु गर्न सकिएको छैन,’ लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले भन्नुभयो ।

बिहीबारदेखि नै सडक खुलाउने काम भैरहेकाले शुक्रबार बेलुकीसम्म सडक खुल्न सक्ने उहाँले बताउनुभएको छ ।  


 

अन्तिम अपडेट: चैत ९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया