यू १९ क्रिकेट : भारतको ‘ए’ टिमसँग नेपाल ८ विकेटले पराजित

 भदौ २९, २०७५ शुक्रबार १५:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत र अफगानिस्तान सम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल भारतको ए टिमसँग ८ विकेटले पराजित भयो ।

लखनउमा रहेको इकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर ५ बलमा एक सय ५६ रनमा अलआउट भयो ।

नेपालका तीन जना खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । जसमा सन्दिप जोराले ६६ तथा भिम शार्कीले २८ र त्रितराज दासले ४६ रन बनाएका थिए । ९२ रन हुँदा मात्र चार विकेट गुमाएको नेपालले एक सय ४२ रनमा ६ विकेट खेर फाल्यो । त्यसपछि अरु १४ रन थप्दा अलआउट हुन पुगेको थियो ।

जवाफमा भारतले २४ ओभर एक बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । नेपाली बलरमाथि सुरुवातदेखि नै हावी भएको भारतको ए टिमले १३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ७८ रनमा दोस्रो विकेट खेर फाल्यो ।

उसका लागि अनुज रावतले ४७ रन बनाए भने वाईभी राथोडले अविजित ५९ र प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान गरे । बलिङतर्फ नेपालका पवन सराफ र कमलसिंह ऐरीले एक–एक विकेट लिन सफल भए ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया