एन्फाले तोड्यो एपी वान टेलिभिजनसँगको सम्झौता

 भदौ २९, २०७५ शुक्रबार १७:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले एपीवान एचडी टेलिभिजनसँगको सम्झौता तोडेको छ । 

गएको वर्षको जेठमा एन्फा र एपीवानले ३ वर्षका लागि करिब ५ करोडको सम्झौता गरेका थिए । सम्झौता अनुसार नेपालमा हुने अन्तर्राष्ट्रिय र एन्फाले गर्ने फुटबल कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्नेदेखि मार्केटिङ र स्पोन्सरको राइट लिएको थियो । तर पछिल्लो निर्वाचित कार्यसमिति आएपछि विगतको सम्झौता अनुसार एन्फालाई लाखौं रुपैयाँ घाटा रहेको भन्दै एपीवानसँगको सम्झौता रद्द गरिएको हो ।  

एपीवानसँगको सम्झौता रद्द गरेसँगै एन्फाले आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि रामसार मिडियासँग नयाँ सम्झौता गरेको छ । जस अनुसार लिग फुटबलको प्रायोजनबापत मात्र १ करोड वार्षिक रुपमा एन्फालाई तिर्नुपर्ने छ । यसैगरी दोस्रो वर्ष डेढ करोड र तेस्रो वर्ष २ करोड  तिर्ने सहमति भएको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया