दुम्सी मार्ने क्रममा अचेत बालकको मृत्यु

 भदौ २९, २०७५ शुक्रबार १८:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा दुम्सी मार्नका लागि ओढारमा धुँवा लगाउने क्रममा अर्धचेत अवस्थामा फेला परेका ११ वर्षीय बालकको मृत्यु भएको छ ।
 
गएको साउन २६ गते खोटेहाङ गाउँपालिका–८, सिम्पानीमा रहेको डिउखोलाको ओढारमा दुम्सीलाई धुँवा लगाएर मार्ने क्रममा अर्धचेत अवस्थामा फेला परेका खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाँउ घर भएका नवल तामाङको बिहीबार राति मृत्यु भएको हो । 

अर्धचेत अवस्थामा फेला परेका नवललाई  हेलिकप्टर चार्टर गररे काठमाडांैको शिक्षण अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर फकाईएको थियो । 

नवलको उपचारबाट सुधार नभएपछि घरमा ल्याएपछि उनको मृत्यु भएको स्थानीय सुरेश पुरीले बताउनुभयो । नवल सिम्पानी मा.बि सिम्पानीमा कक्षा ६ मा अध्ययनरत छात्र हुन् । 

आमा सरिता तामाङ, छोरा नवल र छोरी पुजनाले दुम्सीलाई ओढारमा धुवाँ लगाउने क्रममा बालक अर्धचेत भएका थिए । दुम्सीलाई धुवाँ लगाउने क्रममा ४५ वर्षीय आमा सरिता तामाङको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनामा ८ वर्षकी छोरी पुजना तामाङ पनि घाईते भएकी थिइन । नवल र पुजनालाई स्थानीयले ओढारभित्र धुँवामा चिच्याईरहेको अवस्थामा फेला पारेर उद्धार गरेका थिए । आमा र दाजु गुमाएकी पुजनाको भने अवस्था यतिखेर सामान्य रहेको छ । उनको परिवारमा अहिले बाबु र एक दाजु गरी ३ जना रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया