ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ

 भदौ २९, २०७५ शुक्रबार १८:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net


भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उतीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौं, बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भइ काठमाडौ|, गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भइ भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । 

उनीहरु भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेमा रहेको सजिलो ट्रायल सेन्टरमा ट्रायल सिक्न आएका व्यक्तिहरुसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्ने क्रममा पक्राउ परेको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया