साप्ताहिक शेयर समीक्षा : पछिल्लो साता झन् आशा बढ्यो

 भदौ २९, २०७५ शुक्रबार १९:४२:५७ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं –भदौ महिनाको अन्तिम साताको कारोबार पहिलो साताभन्दा आशालाग्दो हिसाबले बन्द भएको छ ।

भदौ महिनाको पहिलो साता निराशा जगाएको बजारले दोस्रो सातादेखि आशा जगाउँदै तेस्रो र चौथो साता अझ बढी आशा जगाएको छ । तेस्रो साताभन्दा कम कारोबार भए पनि यसलाई नकारात्मक भनिहाल्न मिल्दैन । कारोबार घटे पनि कित्ता उही रहेको छ भने रकम र कम्पनी घटेको छ । परिसूचक भने बढेको छ । कारोबार रकम गत हप्ताभन्दा २७ दसमलब १७ प्रतिशतले घटेको छ । यसहप्ता र गत हप्ताको गतिविधि तालिकामा देखाइएको छ । 

यस साता कारोबार रकम १७ करोड ४५ लाख ६० हजार, ४ लाख ३९ हजार कित्ता र ११ सय १४ वटा कारोबार सहित एनआइसी एसिया बैंक पहिलो भएको छ । रकमको आधारमा एनआइसी एसिया बैंकपछि एनएमबी बैंक, ग्लोबल बैंक, कुमारी बैंक र प्रभु बैंक क्रमशः रहेका छन् ।

साताको सूचीकरण 

यस हप्ता निम्न बमोजिमका कम्पनीका शेयर सूचीकरण भएका छन् :


सूचकको उतारचढाव 

नेप्से सूचक र समूहको उतारचढाव निम्न बमोजिम रहेको छ :

नेप्से सूचक पहिलो दिनको तुलनामा दोस्रो दिन घटेर बन्द भएको थियो भने तेस्रो दिनदेखि बढ्दै गएर अन्तिम दिन पहिलो दिन भन्दा २६ अंकले बढेर बन्द भएको छ । समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक पनि नेप्से सूचक जस्तै तलमाथि हुँदै अन्तिम दिन पहिलो दिनको तुलनामा २८ अंकले बढेर बन्द भएको छ ।

दुवै बीमा समूह घटेर बन्द भएका छन् । निर्जीवन बीमा समूह ५२ अंकले घटेको छ । सूचकलाई बढी प्रभाव पार्ने नेपाल टेलिकम सूचीकृत अन्य समूह पहिलो दिनको तुलनामा झन्डै ३० र अगिल्लो साताको तुलनामा २१ अंकले बढेको छ ।

यस हप्ता शेयर कारोबार पूरै ५ दिन खुलेको थियो । 

सरकारले लाभकर गणना विधिको निर्णय गत साता सार्वजनिक गर्ने भन्ने हल्ला मात्र भएको पुष्टि भएको छ । यस साता बैंकको शेयरमा लगानीकर्ता झुम्मिएको देख्न सकिन्छ । बैंकको आक्रामक सेवा विस्तार र नाफामा अर्को साल हुन सक्ने बढोत्तरीको अपेक्षामा लगानीकर्ता बैंकमा झुम्मिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

शाखा, निक्षेप, कर्जा लगानी, ऋणपत्र सबैमा अगाडि रहेको एनआइसी बैंकको शेयर भाउ भने बजारमा तल रहेको हुनाले यसलाई शेयरबजारमा पनि अग्रणी बनाउन खोजिएको हो कि भन्ने अड्कल पनि बजारमा चलेको छ । तर कारोबार भएको कित्ता, रकम र कारोबार हेर्दा होइन कि जस्तो पनि देखिएको छ । 

शेयरबजारमा पनि आफ्नो पकड कायम राख्न यसो गरिएको हो भने यसले वास्तविक बजारको प्रतिनिधित्व गर्दैन र पानीको फोका फुटेझैँ फुट्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । शाखा र निक्षेप एनआइसी जत्तिको नभएका तर आम्दानीको हिसाबले सबल रहेका अन्य बैंक पर्याप्त देखिँदा देखिंदै लगानीकर्ता यसमा झुम्मिए होलान भनेर अनुमान गर्न त्यति सान्दर्भिक देखिन्न । यसतर्फ नियमकको ध्यान जानु जरुरी हुन्छ । 

नयाँ शेयर र हकप्रद

स्वदेशी लघुवित्तले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि बुक क्लोज गरे पनि हकप्रद विक्री हुने दिन तोकेको छैन । चालू रहेका अन्य शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ :

लाभांश घोषणा 

चालु हप्तामा वाणिज्य बैंकले लाभांश घोषणा गर्लान् भन्ने आशा यसपटक पनि पूरा हुन सकेन । राष्ट्रियस्तरका विकास बैंकले भने लाभांश घोषणा गर्न थालिसकेका छन् । बैंकिंग सँस्थामा साधारणसभा घोषणा गर्ने आइसीएफसी फाइनान्सको बुक क्लोज समेत भएको छ । अहिलेसम्म घोषित लाभांश विवरण तालिकामा उल्लेख गरिएको छ :

पारित लाभांश 

लाभांश घोषणा भए पनि साधारणसभा नभएसम्म घोषित लाभांश केवल घोषणामा नै सीमित रहन्छन् । अहिलेसम्म म्युचुअल फण्डको मात्र लाभांश पारित भएको छ । पारित भएका लाभांशको सूचि तालिकामा प्रस्तुत गरिएको छ :


मनोनयन र नियुक्ति 

ग्रामीण विकास लघुवित्त (साविक नेपाल ग्रामिण विकास बैंक)को सञ्चालक समितिमा परिवर्तन भएको छ । परिवर्तित संचालक समितिमा माणिकरत्न शाक्य (पिपुल्स इन्भेष्टमेन्ट कम्पनी), बमबहादुर मिश्र (नेपाल राष्ट्र बैंक), सुबप्रसाद रिजाल (नेपाल सरकार, अर्थ मन्त्रालय), सलोनिका सिंह (नेपाल बंगलादेश बैंक), जमुना ढकाल (समूहको शेयर सदस्य) भेषराज कँडेल (सर्वसाधारण) र रमेश दाहाल (स्वतन्त्र) रहेका छन् ।

माणिकरत्न शाक्य संचालक समितिमा अध्यक्ष रहेका छन् । स्टयान्डर्ड चार्टड बैंकले अर्को साधारणसभा नहुन्जेलको लागि अमृतकुमारी थापालाई अन्तरिम सञ्चालक मनोयन गरेको छ । पोखरा फाइनान्सले जुनाकुमारी गुरुङलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

देव विकास बैंकले मेरो माइक्रोफाइनान्सको सञ्चालकमा सजना मानन्धरलाई मनोनयन गरेको छ । विजय लघुवित्तले स्वतन्त्र सञ्चालकमा अच्युतहरि अर्याल र सर्वसाधारण संचालकमा फूलमाया रानाभाट ढकाललाई मनोनयन गरेको छ । 

लुम्बिनी जनरल इन्सुरेन्सका सञ्चालक प्रतापकुमार आचार्यले राजीनामा दिएका छन् ।

हरिसिद्धि इँटा तथा टायल कारखानाले सीबीआईएल क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ, कम्पनीको शेयर कारोबार भने रोक्का रहेको छ । 

साधारण तथा विशेष सभा 

कम्पनीहरुले साधारण सभा समेत शुरु गर्न थालेका छन् । विशेष प्रस्ताव पारित गर्न विशेष सभा समेत बोलाएका छन् । 

अन्य गतिविधि 

मिर्मिरे लघुवित्तले आर्थिक वर्ष ०७३/७४ को वार्षिक साधारणसभाबाट पारित ३० दशमलब ८ प्रतिशत बोनस शेयर वापत लाग्ने कर तिर्न शेयरधनीलाई अपिल गरेको छ । धितोपत्र बोर्डले चौतारी लघुवित्तलाई साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ । 

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी र आशा लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् । ग्रीन लाइफले स्थानीयका लागि र बाँकी २ वटा कम्पनीले सर्वसाधारण लागि अनुमति मागेका हुन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया