कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

 भदौ ३०, २०७५ शनिबार ६:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपाल सरकारले राष्ट्रिय अनुुसन्धान विभागको संगठन संरचना तथा कार्य सम्पादन कार्यलाई परिमार्जन गर्ने तयारी गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल विशेष सेवा गठन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । 

नेपाल सरकारले गृह मन्त्रालय मातहत काम गरिरहेको विभागलाई प्रधानमन्त्रीले हेर्नेगरी सारिएसँगै संगठन पुनःसंरचना कसरी गर्ने भन्ने बहस चल्दै आएको थियो । प्रधानमन्त्री कार्यालयले बनाउने विधेयक संसदको चालु अधिवेशनमा पेश गर्नेगरी काम हुने बुझिएको छ । 

यस्तै आजको मन्त्रिपरिषदको बैठकले नयाँ संविधानसँग बाझिएका र संशोधन गर्नुपर्ने दर्जन बढी प्रचलित नेपाल ऐनहरु संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्ने निर्णय पनि गरेको छ । 

बैठकले अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीको पाँचौँ संशोधनलाई स्वीकृति दिने निर्णय गरेको छ । यस्तै बैठकले कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ भने सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया