चरासँग ठोक्किएर ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको विमान आइतबारसम्ममा सञ्चालनमा आउने

 भदौ ३०, २०७५ शनिबार ९:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मलेसियाबाट फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा चरासँग ठोक्किएर ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको एयरबस ए ३२० ए के डब्लु आइतबारसम्ममा सञ्चालनमा आउने भएको छ ।

बिहीबार मलेसियाबाट आएको एयरबस ए३२० ए केडब्लू त्रिभुवन विमानस्थलमा अवतरण गर्दा चरासँग ठोक्किएर पखेटाको फ्लापमा क्षति पुगेकाले ग्राउन्डेड भएको थियो ।

एयरबस कम्पनीसँगको परामर्शपछि मर्मत कार्य सुरु भएको त्यो जहाज र शुक्रबार ग्राउण्डेड भएको ए ३३० विमानको ममर्त कार्य भएको नेपाल वायुसेवा निगमले जनाएको छ । ए ३३० विमान भने शनिबार बेलुकाबाटै सञ्चालनमा आउने निगमले जनाएको  छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया