नहरमा तैरिएको अवस्थामा शव फेला

 भदौ ३०, २०७५ शनिबार ११:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर  – कञ्चनपुरमा नहरमा तैरिएको अवस्थामा शव फेला परेको छ । भिमदत्त नगरपालिका –२, उल्टाखामस्थित नहरमा शनिबार बिहान ५० वर्षीया आइती सार्कीको शव तैरिएको अवस्थामा फेला परेको हो । 

महेन्द्रनगरबजारस्थित सब्जीमण्डीमा तरकारी बेच्दै आएकी सार्कीको शव नहरमा तैरिएको अवस्थामा देखिएपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार उनको शव नहरभित्र रहेको टिनको पातामुनि छेकिएको थियो । 

सार्कीको शव नहरमा तैरिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताउनुभयो । उहाँले सार्कीको मृत्यृको कारणबारे पोष्टमार्टमपछि थाहा हुने बताउनुभयो । 

दैलेखको भुर्ती नगरपालिका स्थायी घर भएकी सार्की विगत ५ वर्षदेखि भिमदत्त नगरपालिका २ भाँसीमा डेरामा बस्दै आउनुभएको थियो । उहाँमा डेरामा एक्लै बस्ने भएकाले घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन् । 

सार्कीको शव पोष्टमार्टमका लागि महाकाली अञ्चनल अस्पतालमा लगिदैछ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया