निधारमा कालाे पट्टी बाँधेर निर्मलाका निम्ति न्याय माग्दै बाँकेमा पनि प्रदर्शन

 भदौ ३०, २०७५ शनिबार १५:९:२१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - निर्मला पन्तलाई बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न अपराधीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन माग गर्दै बाँकेमा शनिबार प्रदर्शन गरिएको छ ।

निर्मलाका लागि न्याय माग गर्दै बाँकेको कोहलपुरमा प्रदर्शन गरिएको हो । नेपालगञ्जमा शनिबार अपरान्ह प्रदर्शन गरिंदैछ  । कोहलपुरमा महिलाहरु निधारमा कालो पट्टी बाँधेर प्रदर्शनमा सहभागी भएका थिए ।

कञ्चनपुरकी १३ बर्षिया पन्तको डेढ महिना अघि बलात्कार पछि हत्या भएको थियो । घटनापछि प्रहरी अनुसन्धानमा कमजोरी पाइएको छ,छानबिन समितिले काम गरिरहे पनि वास्तविक अपराधी पत्ता लाग्न सकेकाे छैन । केही स‌ंदिग्ध व्यक्तिहरुकाे डीएनए परीक्षणका लागि नमूना पनि लिइसकिएकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया