माेइन अलिलाई अष्ट्रेलियाका खेलाडीले मैदानमै ओसामा भनेपछि...

 भदौ ३०, २०७५ शनिबार १६:५४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसेज श्रृङ्खलामा इंग्ल्याण्डका अलराउण्डर मोइन अलिले आफूलाई ‘ओसामा’ भनिएको दावी गरेपछि क्रिकेट अष्ट्रेलियाले अनुसन्धान गर्ने भएको छ ।

इंग्ल्याण्डमा सन् २०१५ मा आयोजना भएको एसेजमा उनलाई अष्ट्रेलियाली खेलाडीले ओसामा (विन लादेन) भनेर होच्याएका थिए । आफूलाई इश्लामिक आतंकवादी मोहम्मद विन लादेन भनेर नराम्रो चित्रण गरेकोप्रति मोइन अलिले त्यसबेला केही कुरा गरेका थिएनन् ।

छिटै विमोचन हुने आत्मवृत्तान्तमा मोइन अलिले अष्ट्रेलियाली खेलाडीको व्यवहारको सम्बन्धमा यस्तो कुरा लेखेका छन् । तीन वर्ष अघि कार्डिफमा भएको एसेजमा उनले ७७ रन र पाँच विकेट लिँदै इंग्ल्याण्डलाई १६९ रनको जित दिलाएका थिए ।

यो कुरा सार्वजनिक भएपछि क्रिकेट अष्ट्रेलियाले खेलकुदसँगै सामजमा समेत यो कुरा असह्य हुने प्रतिक्रिया दिएको छ ।

‘यो कुरालाई हामीले गम्भीर रुपमा लिएका छौं र इंग्ल्याण्ड क्रिकेट बोर्डसँगै हामी पनि अनुसन्धान गर्दैछौं,’ क्रिकेट अष्ट्रेलियाका एक जना प्रवक्ताले भने ।

रिलिले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्,‘एकजना अष्ट्रेलियाली खेलाडीले मैदानमा मतिर फर्किएर भने,‘त्यो ओसामालाई आउट गर ।’ मैले जे सुनेँ विश्वास गर्नै गाह्रो भयो ।’

‘अझै सम्झिन्छु, त्यसबेला म निकै रिसाएको थिएँ । क्रिकेटका दौरान म त्यति धेरै कहिले पनि रिसाएको थिइन ।’

‘मैले अष्ट्रेलियाली टिमका तत्कालीन प्रशिक्षण दलमा पनि यो कुरा भनेँ । त्यसपछि प्रशिक्षक लेहम्यानले खेलाडीसँग कसले भनेको भनेर सोधेका पनि थिए । ‘तिमीहरुले मोइनलाई ओसामा भनेको हो ?’ तर त्यो खेलाडीले अस्वीकार गरे ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया