चंखेली गाउँपालिकामा सुख्खा पहिरो : दुईजनाको ज्यान गयो, चारजना घाइते

 भदौ ३०, २०७५ शनिबार १७:१७:४० | रमेश ऐडी

हुम्ला – हुम्लाको चंखेली गाउँपालिकामा सुक्खा पहिरोमा परि दुईजनाको ज्यान गएको छ ।

एकजना बेपत्ता भएका छन् । चारजना घाइते भएका छन् । चंखेली गाउँपालिका–५, मा गएको सुक्खा पहिरोमा परि दुईजनाको घटनास्थलमै ज्यान गए पनि उनीहरुको परिचय खुलिनसकेको गाउँपालिकाका कार्यकारी अधिकृत धुव्र फुँयालले जनाकारी दिनुभयो ।

चंखेली गाउँपालिका ५ नेप्कामा गएको सुक्खा पहिरोमा परि २४ बर्षिया बसन्ती तामाङ र अन्दाजी १२ बर्षिया अनिता तामाङको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

बेपत्ताको खोजी भैरहेको छ । घाइते चारजना मध्ये दुई जनालाई हेलिकप्टरबाट सिमिकोट पुर्याइएको छ, भने दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको कार्यकारी अधिकृत फुयाँलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया