ला लिगामा शनिबार राति बार्सिलाेना र रियल मड्रिडबाहेक काे काे खेल्दैछन् ?

 भदौ ३०, २०७५ शनिबार १७:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति शीर्ष स्थानको बार्सिलोना र रियल मड्रिड खेल्दैछन् ।

तीन खेलबाट स्पष्ट जितका साथ नौ अंक बनाएको बार्सिलोना रियल सोसियडाडसँग खेल्दैछ भने रियल मड्रिड एथलेटिक बिल्बाअाे क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

दुवै टिमको तीन खेलबाट समान ९–९ अंक छ । रियल सोसियडाडको मैदानमा हुने खेल राति आठ बजे हुनेछ भने रियल मड्रिड एथलेटिक बिल्बाअाे क्लबको मैदानमा राति साँढे १२ बजे खेल्नेछ ।

एथलेटिक क्लब र रियल सोसियडाडको भने समान खेलबाट ४–४ अंक छ । अहिले एथलेटिको मड्रिड र एइबर प्रतिष्पर्धा गर्दैछन् । यो खेल नेपाली समय अनुसार पौने पाँच बजे सुरु भएको छ ।

ला लिगा अन्तर्गत आजै भ्यालेन्सिया र रियल बेटिस पनि पौने एघार बजे खेल्दैछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया