निजगढ विमानस्थल बनाउँदा नकारात्मक असर पर्न नदिन सरकार सचेत छ: मन्त्री अधिकारी

 भदौ ३०, २०७५ शनिबार १८:२३:४३ | उज्यालो सहकर्मी

काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्री अधिकारीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा प्रभावित क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले विमानस्थल निर्माणमा लागि कटान गरिएका रुख वन मन्त्रालयमार्फत् व्यवस्थापन गर्न लागिएको पनि जानकारी दिनुभयो ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलले नेपालको अर्थतन्त्रमा कायापलट गर्ने भएकाले सो आयोजना पूरा गर्न सबैले साथ दिनुपर्ने मन्त्री अधिकारीको तर्क छ ।

मन्त्री अधिकारीले एक वर्षभित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने पनि दोहोर्‍याउनु भयो ।

उहाँले ३ वर्षभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामलाई पनि सरकारले तीव्रता दिएको पनि स्मरण गराउनु भयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया