दोस्रो अन्तरराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकपको उपाधि मोरङ फुटबल एकेडेमीलार्इ

 भदौ ३०, २०७५ शनिबार २०:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - मोरङ फुटबल एकेडेमी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

मोरङको बेलबारीमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता विर्तामोड युनाइटेडलाई ६–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै मोरङले उपाधि चुमेको हो ।

साविक उपविजेता मोरङको जितमा कर्ण लिम्बू एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । उत्कृष्ट खेल प्रदर्शन गरेको मोरङको सनसनीपूर्ण जितमा निशान लिम्बू, शौजन राई र विदेशी खेलाडी पेन्कले एक÷एक गोल गरे । गोल्डकप उपाधि चुम्न सफल बनेको मोरङले यस गोल्डकपलाई पहिलो डाँगीहाट गोल्डकपको फाइनलमा विर्तामोडसंगै बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा सदुपयोग गर्‍यो ।

एक पक्षीय खेल खेलेको मोरङले पाएका अवसरको सदुपयोग गर्दा सहज जित निकाल्न सक्दा उपाधिसँगै दुई लाख २२ हजार दुई सय २२ रुपैयाँमा प्राप्त गर्‍यो । उपविजेता विर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँमै चित्त बुझायो ।

शनिबारको खेलको म्यान अफ दी म्याच मोरङका जीवन धामी घोषित भए । गोल्डकप प्रतियोगिताको म्यान अफ दी सिरिज मोरङका विवेक पौडेलले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मोरङका किशोर गिरी उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राईकरको उपाधि कर्ण लिम्बूले प्राप्त गरे । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया