नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपमा मनिषसहित तीन खेलाडीकाे अग्रता

 भदौ ३०, २०७५ शनिबार २०:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपमा तीन खेलाडीले अग्रता बनाएका छन् । 

सात चरणको प्रतियोगिताको छैटौं चरण सकिँदासम्म फिडे मास्टर मनिष हमाल, सुरवीर लामा र क्यान्डिडेट मास्टर केशव श्रेष्ठले पाँच अंकका साथ संयुक्त अग्रता बनाएका हुन् ।

पाँचौं चरणमा बद्रिलाल नेपालीलाई हराएका मनिष हमालले छैटौं चरणमा सुरवीर लामासँग बराबरी खेल्दै अंक बाँढे । सुरवीरले पनि पाँचौं चरणमा केशव श्रेष्ठसँग बराबरी खेलेका थिए । छैटौं चरण सकिँदा क्यान्डिडेट मास्टर मदनकृष्ण कायस्थ, कृष्ण थापा र राजन सुवेदी संयुक्त रुपमा चौथो स्थानमा छन् ।

मदनकृष्णले भुपेन्द्र निरौलालाई हराएका थिए भने राजनले क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई हराउँदै एक अंक खोसे । कृष्णले भने रिजेन्द्र राजभण्डारीलाई हराएका थिए । उनीहरुको ४.५ अंक भएको छ ।

सातौं स्थानमा पाँच जना खेलाडी संयुक्त रुपमा छन् । सुमन राई, भुपेन्द्र निरौला, बद्रिलाल नेपाली, प्रेमकृष्ण महर्जन र शान्ति धिमाल समान चार अंक सहित सातौं स्थानमा छन् । प्रतियोगिताको फाइनल चरणको खेल अाइतबार हुनेछ ।

स्वीस लिग अन्तर्गत सात चरणसम्म हुने प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले १० हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई १० हजार र उत्कृष्ट क्लव खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया