संघीयता बुझाउने पुस्तक बजारमा

 भदौ ३१, २०७५ आइतबार ६:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - संघीय प्रणालीका अध्ययता डा. विनोद न्यौपानेले लेखेको पुस्तक ‘नेपालमा संघीयता र राजनीतिक–आर्थिक बहाव’ विमोचन भएको छ । शनिबार काठमाडौंमा बरिष्ठ पत्रकार भैरब रिसालले पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बिश्लेषक सौरभले नेपालका लागि संघीयता प्रतिकूल व्यवस्था भएको भन्दै संघीयताले ‘पृथकतावाद’लाई प्रश्रय दिने बताउनुभयो । 

पत्रकार युवराज घिमिरेले संघीयताबारे नेपालमा अझै अन्योल रहेको बताउनुभयो । 

विश्लेषक डा.बिष्णुराज उप्रेतीले संघीय व्यवस्था बुझ्न पुस्तक उपयोगी हुने भन्दै नेपालमा संघीय व्यवस्था हचुवाको भरमा ल्याइएको टिप्पणी गर्नुभयो।

पत्रकार भैरव रिसालले भ्रष्टाचारका सन्दर्भमा निर्वाचित जनप्रतिनिधी हुँदा र नहुँदा कुनै फरक नआएको टिप्पणी गर्नुभयो। 

डा. न्यौपानेको पुस्तक “नेपालमा सङ्घीयता र राजनीतिक–आर्थिक बहाव”म नेपालमा चलिरहेको सङ्घीयता,  विकेन्द्रीकरण, फाइदा र बेफाइदा, शासकीय पद्धति आदिबारे विस्तृत, व्यापक र गहन रूपले अध्ययन गरी लेखिएको छ ।

नयाँ सोच, नयाँ दृष्टि, आजको विश्वव्यापीकरण र हाम्रो सङ्घीयता कसरी आयो, कता जादैछ भोलि नेपालमा स्थानीय तहहरू कसरी जाने छन् भन्ने विषयमा किताबले प्रष्ट पार्ने न्यौपानेले बताउनुभयो ।

पुस्तकमा विश्वव्यापीकरणले गर्दा नेपाली समाजमा भइरहेको सामाजिक बिखन्डन र रूपान्तरण भित्रका अभ्यास केलाइएको छ ।

पुस्तकले विकेन्द्रीकरण, सङ्घीयता बारे विस्तृत परिभाषा, विश्वमा भएका अभ्यासहरू, जातीय द्वन्द्व, नेपाली महिलाको राजनीतिक प्रतिनिधित्व र अवस्थाबारे चर्चा गरेको छ । 

स्थानीय तह र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, विद्यार्थी, प्राध्यापक र नीति निर्मातासम्म पुग्न अनुसन्धान र अध्ययनमा जोड दिँदै, आयोजना अवधारणा पत्र, आयोजना चक्र र तर्कयुक्त ढाँचा बनाउन सिकाउँदै सिद्धान्त र अभ्यास दुवै क्षेत्रलाई जोड दिएको छ ।

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया