बार्सिलाेनाकाे अपराजित यात्रा कायमै, सोसिडाड २–१ ले पराजित

 भदौ ३१, २०७५ आइतबार ६:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । रियल सोसिडाडसँगको खेलमा १ गोलले पछि परेको बार्साले दोस्रो हाफमा २ गोल गर्दै अपराजित यात्रा कायमै राखेको हो ।

बार्साले रियल सोसिडाडलाई पराजित गर्दै तालिकामा १२ अंक पुर्‍याएको छ । रियल सोसिडाडका लागि १२ औं मिनेटमा अट्रिज इल्यूसोन्डोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको सोसिडाडले दोस्रो हाफमा भने अग्रता जोगाउन सकेन ।

बार्साका लागि लुईस स्वारेजले ६३ औं मिनेटमा गोल गर्दै बार्सालाई १–१ का अवस्थामा ल्याएका थिए । बराबरी गरेको ३ मिनेटमा बार्साले अर्को गोल थप्दै जित तर्फ अग्रसर भएको थियो । बार्साका लागि उसमान डेम्बेलेले गोल गर्दै २–१ को अवस्थामा लगेका थिए ।

त्यसपछि थप गोल नभएपछि बार्सा स्पष्ट जित निकाल्न सफल भयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया