पर्यटन प्रवर्द्धन सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य

 भदौ ३१, २०७५ आइतबार ९:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  विपद न्युनीकरण तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री तथा पर्यटन उद्यमी याङकिला शेर्पा, होटल एसोसिएसन नेपालका महासचिव विनायक शाह र विपद विज्ञ अजयमणि दीक्षितले विपत न्यूनीकरणमा साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री अधिकारीले देशको अर्थ व्यवस्थामा पर्यटन क्षेत्रको योगदानको गणना गर्न सरकारले क्षेत्रगत लेखा प्रणाली तर्जुमा गरिरहेको, विमानस्थलमा पेट्रोल भण्डारण प्रणालीमा सुधारका लागि योजना बनिरहेको, निजी क्षेत्रमा विपद पीडितलाई दिइने क्षतिपूर्ति सम्बन्धी संयन्त्र बनाउने काम भइरहेको जानकारी दिनुभयो । यस्ता योजनामध्ये सरकार र निजी क्षेत्रको साझेदारीमा बनाउन लागिएको पर्यटनका लागि विपद व्यवस्थापन कोष समेत रहेको मन्त्री अधिकारीको भनाई थियो ।  

विपद विज्ञ अजय दीक्षितले विपद व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र दुबैलाई सहकार्य गर्न आह्वान गर्दै पर्यटन क्षेत्रको विकासका लागि विपद व्यवस्थापन योजनाको महत्व रहेको बताउनुभयो । सरकारले सहजकर्ताको भूमिका खेल्नु पर्ने उहाँको सुझाव थियो ।

नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसनका अध्यक्ष चन्द्र रिजालले सरकार र नीजि क्षेत्रबीच सहकार्यको अभाव रहेको बताउनुभयो । पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले विपदको प्रकृति र पूर्व तयारीका लागि चालिनुपर्ने कदम सम्बन्धी सूचनामूलक पात्रो छपाइबारे अध्यावधिक जानकारी गराउनुभयो । जोशीले सूचना प्रवाहले विपदमा मानिसको ज्यान जोगाउन सक्ने भन्दै चितवनमा एसएमएस एलर्टले बाढीग्रस्त क्षेत्रमा देखाएको प्रभावको चर्चा गर्नुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया