वैदेशिक रोजगारी बीमा : श्रीमानले गरेको बीमाले श्रीमतीले पाइन् साढे ६ लाख

 भदौ ३१, २०७५ आइतबार १२:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – रोजगारीको क्रममा साउदीमा ज्यान गुमाएका भंगहा नगरपालिका ३ प्लार टोलका गरहवा बाँतरका परिवारले बीमा कम्पनीबाट साढे ६ लाख रुपैयाँ पाएका छन् । 

२ वर्ष अघि विदेश जाँदा बाँतरले ३५ सय रुपैयाँ तिरेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराउनु भएको थियो । साउदीको अलमलार कम्पनीमा प्लम्बरको काम गर्दै आएका बाँतरको गत जेठ ४ गते सवारी दुर्घटनामा ज्यान गएको थियो । 

बाँतरको विदेशमा नै ज्यान गएपछि बीमा कम्पनीले साढे ६ लाख रुपैयाँको चेक श्रीमती सियानकी देवीलाई शुक्रबार हस्तान्तरण गरेको हो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया