साउदीको जेलमा रहेका प्रेमलाई चाहिने विगो वापतको पैसा परराष्ट्र मन्त्रालयमा बुझाइयो

 जेठ २१, २०७५ सोमबार १६:३३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदीको जेलमा रहेका प्रेमबहादुर राईलाई छुटाउन चाहिने ४३ लाख ३ हजार ५ सय रुपैयाँ परराष्ट्र मन्त्रालयको साउदी शाखामा बुझाइएको छ । 
प्रेम बचाउ अभियान मूल समितिका संयोजक चन्द्रसिंह कुलुङको नेतृत्वमा सोमबार गएको समितिका सदस्यहरुले मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारीलाई चेक हस्तान्तरण गरेका हुन् । सुरुमा अदालतले प्रेमको रिहाईको लागि तीन लाख १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ) तोकेको थियो । तर नेपाली दूतावासको समन्वयमा विगो वापत एक लाख ५० हजार रियाल (झण्डै ४३ लाख रुपैयाँ)मा झारिएको थियो । 
इलामको दानाबारीका राई आफैंले चलाएको ट्रक र त्यसमा रहेको सामान हराएको अभियोगमा साउदीमा जेल परेका हुन् । जेलबाट रिहाईको लागि विगो वापत भुक्तान गर्नुपर्ने रकम मन्त्रालयमा बुझाइएको हो । समितिका सहसंयोजक किशोर सुनुवारका अनुसार राईले तिर्नुपर्ने विगोका लागि देशविदेशबाट ८६ लाख रुपैयाँ उठेको छ । त्यसमध्येबाट विगोका लागि चाहिने रकम परराष्ट्र मन्त्रालयमा बुझाइएको हो । बाँकी रकम प्रेमबहादुर जस्तै वैदेशिक रोजगारमा गई आपतमा परेकालाई सहयोग गरिने उहाँले जनाकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया