चलचित्र ‘ए मेरो हजुर ३’ मा अर्पण र रवीन्द्र पनि मुख्य कलाकार

 भदौ ३१, २०७५ आइतबार १३:२२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – असोज ५ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ३’ यति बेला कलाकार छनौटको काममा व्यस्त छ । यसैबीच चलचित्र युनिटले २ मुख्य कलाकारहरुको टुंगो लगाएको छ ।

अभिनेताद्वय अर्पण थापा र रवीन्द्र झा चलचित्र ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका छन् । अभिनेत्री तथा चलचित्रकी निर्देशक झर्ना थापाले उनीहरुसँग सम्झौता समेत गरिसकेको बुझिएको छ ।

निर्देशक थापाले केही दिन अघि मात्र अभिनेता सलोन बस्नेतलाई चलचित्रमा अनुबन्धित गरेकी थिइन्  । ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी र निर्देशक थापाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहने छ । चलचित्रमा अनमोलले एक सुपरस्टार गायकको भूमिका निर्वाह गर्दैछन् ।

चैत २९ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्न लागेका हुन् । चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया