आउने हप्तादेखि साउदी जाने कामदारको तलब थोरैमा नाै हजारले बढ्दै

 भदौ ३१, २०७५ आइतबार १४:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साउदी जाने नेपाली कामदारको न्यूनतम ज्याला कम्तीमा तीन सय रियाल (नाै हजार रुपैयाँ)ले बढ्ने भएको छ । न्यूनतम ज्याला ६ वर्ष पछि पुनरावलोकन गर्दै अर्धदक्ष कामदारको न्युनतम ज्याला एक हजार रियाल बनाउन लागिएको हो । 

खाना खर्च एक सय रियाल बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको न्युनतम ज्याला सम्बन्धी प्रस्तावलाई गएको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । न्यूनतम ज्याला ६ वर्षदेखि पुनरावलाेकन नगरेकाे गुनासाे अाएपछि मन्त्री विष्टले पुनरावलाेकनका लागि अग्रसरता लिनुभएकाे थियाे।

अब साउदी जाने नेपाली कामदारले न्युनतम ज्याला एक हजार र खाना भत्ताका लागि कम्तीमा तीन सय रियाल पाउने छन् । यस अघि त्यहाँ जाने अदक्ष नेपाली कामदारले न्यूनतम ज्याला आठ सय र खाना भत्ता दुई सय रियाल पाउँथे । सयमा ९० जना कामदार अदक्ष कामदार जाने भएकाले यो व्यवस्थाले अदक्ष कामदार सबैभन्दा धेरै लाभान्वित हुनेछन् । 

सरकारले साउदी जाने कामदारलाई सीपका आधारमा वर्गीकरण गरेर न्युनत ज्याला तोकेको हो । अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका रुपमा वर्गाीकरण गरेर न्यूनतम ज्याला तोकिएको छ । यी सबै किसिमका कामदारको औषधोपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनेछ । 

राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुनेछ । मन्त्रालयका अनुसार यसै हप्ता नयाँ व्यवस्था राजपत्रमा प्रकाशित गर्ने तयारी छ ।  

साउदी जाने कामदारको कसको तलब कति बढ्ने ? (तालिका)


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया