भुवन केसीकाे अाज जन्मदिन, ६४ वर्ष लागे सदाबहार अभिनेता

 भदौ ३१, २०७५ आइतबार १४:४१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र क्षेत्रका सुपरस्टार अभिनेता भुवन केसीको भाद्र ३१ गते अर्थात आज जन्मदिन परेको छ । 

भुवन केसी नेपाली चलचित्र क्षेत्रमा लामो समय रहेर पनि सफल अभिनेता हुन् । उनी नायकका रुपमा हुँदा होस् या निर्माताका रुपमा, उत्तिकै सफल छन् । 
उनको चलचित्र क्षेत्रको यात्रा नेपाली कथानक चलचित्र जुनि बाट भएको थियो ।

वि सं २०३९ मा बनेको उक्त चलचित्रले भुवनलाई खासै साथ दिन सकेन । त्यसपछि उनले २०४० मा नेपाली कथानक चलचित्र सम्झनामा अभिनय गर्ने अवसर पाए ।

 सम्झनाले भने दर्शकको मन जित्न सफल भएको थियो । चलचित्र सम्झना नै उनको जिवनको टर्निङपोइन्ट बनेको थियो । 

त्यसयता उनले करिब १सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका छन् । चर्चित अभिनेता केसी बेलाबखत विभिन्न महिलाका कारण विवादित बन्ने गरेका छन्  । 
दुई श्रीमतीका पति भुवनको जीवनमा थुप्रै युवतीको नाम जोडिने गरेको छ । यतिबेला भने भुवनको साथमा जिया केसीको नाम जोडिने गरेको छ ।
केही वर्षदेखि उनीहरु एकसाथ बसिरहेका छन् ।

पछिल्ला केही वर्षदेखि उनी आफ्नै छोरा अनमोल केसीलाई नायकका रुपमा लिएर चलचित्र निर्माण गर्दै आइरहेका छन् । 

उनले निर्देशन गरेको पहिलो चलचित्र ‘ड्रिम्स’ हो । उनले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को फस्ट पोष्टर केही समयअघि मात्र  सार्वजनिक भएको थियो ।
‘क्याप्टेन’को मुख्य भुमिकामा पनि उनका छोरा अनमोलले नै अभिनय गरेका छन् । 

६४ वर्षका भुवन केसीको सुन्दरतामाअझै पनि कुनै कमी आएको छैन । त्यसैले उनलाई नेपाली फिल्म क्षेत्रका सदाबहार सुन्दर अभिनेतासमेत भन्ने गरिएको छ । 

अनमोलकी आमा अर्थात भुवनकी पूर्वपत्नी सुस्मिता बम्जनले विदेशी नागरिकसँग टिकाटालो गरेको खबरले यतिबेला चलचित्र बजार नै तातिएको छ ।

उज्यालो र गफगाफ डट कमको सहकार्य
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया