प्रदेश २ को मुकाम जनकपुरबाट विहारको राजधानी पटनाको लागि गुडे बस

 भदौ ३१, २०७५ आइतबार १५:७:१३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – आइतबारबाट धनुषाको जनकपुरदेखि पटनासमम बस सुरु भएको छ ।

प्रदेश २ को मुकाम जनकपुरदेखि भारत विहारको राजधानी पटना जोडने बस सेवालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार हरियो झण्डा देखाएर उदघाटन गर्नुभयो ।

मञ्जुश्री प्रालिले सुरु गरेको नेपाल भारत मैत्री बससेवा बस जनकपुरबाट  भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटनाको लागि छुटेको हो । जनकपुर पटना बस सेवाको बस जनकपुरबाट बिहान १० बजे र राति ८ बजे खुल्नेछ । 

त्यस्तै पटनाबाट जनकपुरका लागि अपराह्न ३ बजे, बिहान ४ बजे र  राति ९ बजे बस छुट्ने समय तालिका छ । जनकपुर–पटनाको भाडा भारु. २७५ अर्थात नेपाली रुपैयाँ ४ सय ४० निर्धारण गरिएको छ । 

बससेवाको उदघाटन गर्दै मुख्यमन्त्री राउतले नेपाल भारत मैत्री बससेवाले नेपाल र भारतबीचको बेटीरोटीको सम्बन्ध अझै प्रगाढ हुने बताउनुभयो । उहाँले भारतको पर्यटक जनकपुर हुँदै देशका विभिन्न ठाउँमा जाँदा प्रदेशको साथै देशलाई आर्थिक टेवा पुग्ने बताउनुभयो ।

यसअघि गएको भदौ २५ गते नेपाल भारत मैत्री बस भारत विहारको राजधानी पटनाबाट जनकपुरको लागि छुटेको थियो ।विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गर्नुभएको थियो । 

अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाटसमेत जनकपुर पटना बस सेवाको औपचारिक उदघाटन गरिएको छ ।

सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–पटना र काठमाण्डौं–बोधगया बससेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो ।

मोदीले घोषणा गरेको ४ वर्षपछि बससेवा शुरु भएको हो । तर, यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरबाट उदघाट्न गरेका जनकपुर–अयोध्या बससेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • sanjay sada

    Sept. 17, 2018, 4:03 p.m.

    यो बस पटनाको कुन ठाउँवाट खुल्छ , र कुन कुन दिन खुल्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया