अमृता राव बाल ठाकरेकाे बायाेपिक मार्फत बलिउडमा कमब्याक गर्दै

 भदौ ३१, २०७५ आइतबार १६:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

‘विवाह’, ‘इश्क विश्क’ जस्ता फिल्ममा आफ्नो अभिनय र सुन्दरताले दर्शकको मन जित्न सफल अभिनेत्री हुन् अमृता राव । 

तर उनी लामो समयदेखि बलिउड फिल्मबाट टाढा छिन् । पछिल्लोपटक सन् २०१३ मा उनको अभिनेता सनी देवलसँग ‘सिंह साहेब द ग्रेट’ रिलिज भएको थियो । 

खबरहरुका अनुसार लामो समयको अन्तरालपछि अमृता राव बलिउडमा कमब्याक गरिरहेकी छिन् । उनी सिवसेना प्रमुख बाल ठाकरेको बायोपिकमा देखिने भएकी छिन् । यस बायोपिकमा उनले बाल ठाकरेकी श्रीमती मीनाताई ठाकरेको भूमिका निर्वाह गर्नेछिन् । 

फिल्म निर्माता सञ्जय रावले अमृता राव मीना ठाकरेको भूमिकाको लागि अति उत्तम पात्र भएको र अमृताको अनुहारमा पनि मीना ठाकरेको झैं निर्दोषपन र सरलता रहेको बताएका छन् । साथै मीनाताई ठाकरे र बाल ठाकरेको व्यक्तिगत जीवनसँगै बाल ठाकरेको राजनितिक यात्रामा पनि ठूलो योगदान रहेको थियो । 

तसर्थ यस बायोपिकमा अमृता रावको प्रमुख भूमिका रहनेछ । अमृताका अलावा यस फिल्ममा बाल ठाकरेको मुख्य भूमिकामा अभिनेता नवाजुद्दीन सिद्दीकी  हुनेछन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया