प्रकाण्डलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न उदयपुर अदालतको आदेश

 भदौ ३१, २०७५ आइतबार १९:०:२२ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई जिल्ला अदालतमा हाजिर गराइएको छ ।

प्रवक्ता विश्वकर्मालाई उदयपुरको त्रियुृगा नगरपालिका १३ हवाई मैदानमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा मुद्दा अदालतबाट पक्राउ पूर्जी जारी गरी अनुसन्धान सुरु गरिएको हो ।

उनलाइ आजै जिल्ला अदालत उदयपुरले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई वीरेन्द्र विश्वकर्माले गएको हप्ता दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

तर उनलाई उदयपुरमा बम विस्फोट गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पुनः गिरफ्तार गरेको हो । अदालतबाट बाहिरिने क्रममा प्रवक्ता प्रकाण्डले आफ्नै देशको सर्वोच्च अदालत र नियम कानुनको उल्लघन गर्ने कार्य गरेको भन्दै सरकार प्रति कडा आलोचना गरेका छन् ।

उनलाई व्यापारीसँग सात करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारबाही अघि बढाएको थियो । त्यसपछि उनलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर, दाङ उदयपुरसहित ६ वटा जिल्लामा ९ वटा मुद्दा दर्ता गएिको छ ।

यस्तै सोही घटनामा संलग्न भएको आरोपमा सोलुखुम्बु सोताङ गाउँपालिका १ बस्ने राकेश किराँती, खोटाङ साकेला गाउँपालिका १ च्यानडाँडा बस्ने चन्द्रबहादुर बुढाथोकी, भोजपुर षडानन्दद नगरपालिका १३ बस्ने दिपेश राई र घनकुटा हाट बजार घर भई अहिले मोरङ केराबारी गाउँपालिका ३ बस्ने दिपक राई पक्राउ परेका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया