लामाे दूरीमा अब नाे टेन्सन, कुरिनटार र धुलिखेलमा विद्युतीय गाडीको चार्जिङ स्टेशन

 भदौ ३१, २०७५ आइतबार १९:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा विद्युतीय गाडीको आकर्षण कति धेरै छ भन्ने कुरा आइतबार सकिएको अटो मेलाले पुष्टि गरेको छ । 

अटो मेलामा किया, हुन्डाई, टाटा, महिन्द्रा र रेनो कम्पनीले विद्युतीय गाडी राखेका थिए । सबैजसो गाडीका स्टलमा विद्युतीय गाडी हेर्नेको भिड नै लाग्यो । हुन्डाईले त विद्युतीय गाडी हेर्नेको ताँतीले अरु गाडी छायाँमा परेको भन्दै विद्युतीय गाडीलाई अरु गाडीभन्दा पछाडिको लाइनमा मात्रै राख्यो । 

अटो मेलामा धेरैको आकर्षणमा विद्युतीय गाडी परे । अरु गाडीले २ सय ४० प्रतिशत भन्सार शुल्क तिनुपर्छ, तर विद्युतीय गाडीले जम्मा १० प्रतिशत तिरे पुग्छ ।

अनि सडकमा गुड्दा पनि प्रतिकिलोमिटर जम्मा ३ देखि ५ रुपैयाँ लागत पर्छ । यी लगायत धेरै कुराले नेपालीहरु विद्युतीय गाडीप्रति सकारात्मक छन् । तर धेरैले भन्छन्, ‘चार्जिङ स्टेशन नै छैन, लामो दूरीमा जाँदा के गर्ने ?’

ग्राहकको यस्तै समस्यालाई ध्यानमा राखेर विद्युतीय गाडी बेच्नेहरुले नै ठाउँ ठाउँमा चार्जिङ स्टेशन राखिदिन थालेका छन् । नेपालमा धेरैले रुचाएको किया कम्पनीको गाडी बिक्रेताले पनि ग्राहकलाई यस्तै सुविधा दिएको छ ।

साेउल इभी नामक विद्युतीय गाडी नेपालमा धेरैले प्रयोग गर्न थालेपछि बिक्रेताले चितवनको कुरिनटार र काभ्रेको धुलिखेलमा चार्जिङ स्टेशन राखेको छ । 

‘हुन त हाम्रो गाडी एकपटक चार्ज गरेपछि २ सय किलोमिटरसम्म गुड्छ, तर पनि  ग्राहकहरुको सुविधाको लागि कुरिनटारमा चार्जिङ स्टेशन राखेका छौं, अब त ग्राहक ढुक्क भएर पोखरा, चितवन लुम्बिनी लगायतका ठाउँमा जान सक्छन्’ कियाको सहायक प्रवन्धक मनिष लामिछानेले भन्नुभयो, ‘कुरिनटारमा हामीले नेपालकै पहिलो चार्जिङ स्टेशन राखेकाले अब विद्युतीय गाडी काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिर पनि ढुक्कले जान सक्ने भएको छ ।’ 

अन्तिम अपडेट: चैत ९, २०८०

2 Comments

  • Bharat Kumar Sunar

    Sept. 17, 2018, 7:18 a.m.

    नेकपा को सरकारले राम्रो विकाश गर्दैछ / दामी होस् ओली सरकारको /

  •  0 Reply
  • Bhawanishankar Tharu

    Sept. 17, 2018, 6:40 a.m.

    Dear sir Good morning. You are doing great job for our country. Thank you.

  •  0 Reply

तपाईको प्रतिक्रिया