निर्मला हत्याकाण्ड : सिठ्ठी फुकेर विरोध प्रदर्शन

 भदौ ३१, २०७५ आइतबार २०:१५:३५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने माग गर्दै आइतबार नेपालगञ्जमा सिठ्ठी फुकेर बिरोध प्रर्दशन गरिएको छ ।

निर्मलाका निम्ति न्याय अभियानको आह्वानमा बाँकेमा प्रदर्शन भएको हो ।  प्लेकार्डसहित उपस्थित भएका  नागरिक समाजका अगुवाहरुले सिठ्ठी फुकेर बिरोध प्रदर्शन गरेका छन् । न्यायको खडेरी परेको भन्दै प्रतिकात्मक रुपमा सिठ्ठी फुकेर बिरोध प्रर्दशन गरिएको आयोजकहरुले जनाएका छन् ।

कार्यक्रमका सहभागीहरुले निर्मला पन्त लगायतका यौन हिंसामा परेका घटनाहरुमा यथाशीघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
सोमबार र मंगलबार सामाजिक सञ्जाल मार्फत घटनाको बिरोध गर्ने आयोजकहरुले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया