रनरले नेपालमा सार्वजनिक गर्‍याे ५ अलग अलग बाइक

 भदौ ३१, २०७५ आइतबार २०:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ । 

नेपालमा रनर बाइककाे बिक्री–वितरण गरिरहेको रमन मोटर्सले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज गरी ५ नयाँ बाइकहरु उपलब्ध गराएकाे हाे।

   फायरब्लेड सिरिज : १६५ सीसी र १२५ सीसी


फायरब्लेड १६५ सीसी र १२५ सीसी दुइ भेरियण्टमा उपलब्ध छ । यी बाइकहरु अफरोड राइडका लागि उपयुक्त छन् ।यी विभिन्न ३ कलरहरुमा उपलब्ध छन् । यी मध्ये १६५ सीसी भेरियण्टको मूल्य ३ लाख २५ हजार रुपैयाँ छ ।


  हक २००


अफरोडका लागि उपयुक्त २०० सीसीकाे हकको मूल्य ३ लाख ५९ हजार रुपैयाँ छ ।

 

   डोमिनेटर २५०


२५० सीसी काे यो बाइक एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चरका कारण यही सेगेमेन्टका अरु बाइकभन्दा फरक छ । डबल साइलेन्सर सहितको याे बाइकको मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ ।


   मोटो ११० स्कुटर


रनरले पहिलो पटक नेपाली बजारका लागि ल्याएकाे याे युनिसेक्स स्कुटर ११० सीसीको छ । यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ तेकिएकाे छ ।

नाडा अटो शोको अवसरमा यी बाइक र स्कुटरमा २० देअी ३० हजार रुपैयाँ छुट समेत उपलब्ध गराएको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया