युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

 असोज १, २०७५ सोमबार ६:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरि ए अन्तर्गतको खेलमा क्रिष्टियानो रोनाल्डोको गोलले युभेन्टस विजयी भएको छ ।

यसै सिजनमा रियल मड्रिड छाडेर युभेन्टस गएका रोनाल्डोले चौथो खेलमा मात्र गोल गर्न सफल भए । आइतबार भएको खेलमा युभेन्टसले सासुलोलाई २–१ गोल अन्तरले पराजित गर्दा दुबै गोल रोनाल्डोले नै गरेका हुन् । 

पहिलो हाफमा गोल रहित बराबरी भए पनि सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । ५०औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए भने सिरि एमा डेब्यू गोल गर्न पनि रोनाल्डो सफल भए । 

यस्तै पहिलो गोल गरेको १५ मिनेट पछि नै रोनाल्डोले टिम र ब्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए । ९१ औं मिनेटमा खौमा बाबाकरले एक गोल फर्काए पनि त्यो हार टार्न सकेनन् ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया