बर्नलेलाई हरायो उल्भरह्याम्पटनले

 असोज १, २०७५ सोमबार ६:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत उल्भरह्याम्पटन विजयी भएको छ । आइतबार भएको खेलमा उल्भरह्याम्पटनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

पहिलो हाफ गोल रहित बराबरी खेले पनि ६१ औं मिनेटमा जिमिनेजले गोल गर्दै ह्याम्पटनलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टिमले पाएका मौकामा गोल गर्न नसक्दा थप गोल नभएपछि उल्भरह्याम्पटन विजयी भयो । 

जितसँगै प्रिमियर लिगको तालिकामा उल्भरह्याम्पटन ८ औं स्थानमा आएको छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया