नेपाली रेफ्रीले पनि अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

 असोज १, २०७५ सोमबार ११:३७:१८ | रासस
unn.prixa.net

काठमाडाैं – भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । 

एसियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ ।

एसियन भलिबल महासङ्घको आयोजनामा भदौ २० देखि ३१ गतेसम्म थाइल्याण्डमा सञ्चालन भएको एसियालीस्तरको रेफ्री कोर्ष पूरा गरेपछि केसी र गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका हुन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया