भृकुटीमण्डपबाट नेविसंघको प्रश्न : सरकार ! एक बलत्कारी र हत्यारालाई संरक्षण किन ?

 असोज १, २०७५ सोमबार १६:४०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाही माग गर्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार दिउँसो १ बजे निर्मलालाई न्यायको निम्ति भन्दै विरोध प्रदर्शन गरेको हो । जुलुस विश्व भाषा क्याम्पस, प्रदर्शनीमार्गबाट सुरु भएर प्रदर्शनी मार्ग हुँदै पुतली सड्कसम्म विरोध जुलुस निस्किएको थियो ।

संघको केन्द्रीय समितिको आयोजना र नेविसघ अध्यक्ष नैयनसिंह महर र महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा निस्किएको जुलुसका सहभागीहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।

निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया