थ्रीस्टारका मिडफिल्डर उपचारका लागि थाइल्याण्ड जाँदै

 असोज १, २०७५ सोमबार १८:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – थ्रीस्टार क्लबका मिडफिल्डर विक्रम लामा उपचारको अन्तिम थेरापीको लागि थाइल्याण्ड जाँदैछन् ।

बुढासुब्बा गाेल्डकपका दौरान खुट्टा भाँचिएका विक्रम अहिले पूर्ण रुपमा फिट भएका छन् । तर कन्ट्याक्ट खेलका लागि तयार हुन सकेका छैनन् । उनी अहिले फुटबलको सामान्य प्रशिक्षण गरिरहेका छन् । नेपालमा उनलाई खेल्नका लागि फिट भएको चिकित्सकले बताइसकेका छन् । तर थाइल्याण्डमा उनले थप परिक्षण गराएपछि खेल्ने वा नखेल्ने निश्चित हुनेछ ।

थाइल्याण्डमा तीनवटा रिह्याब परीक्षण गर्नेछन् । ‘नेपालमा मलाई पूर्ण रुपमा फिट भएको रिपोर्ट दिइएको छ । तर प्रतिस्पर्धात्मक खेलका लागि तयार छु की छैन भन्ने थाइल्याण्ड गएपछि तय हुनेछ’, विक्रमले भने ।

सहिद स्मारक ए डिभिजन लिग आगामी असोज १३ देखि सुरु हुँदैछ । लिगको दोस्रो हप्तासम्मा मैदानमा फर्किने विश्वास विक्रमको छ । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया