एएफसी यु–१६ महिला च्याम्पियन्सिप छनोटका लागि सबै टिम काठमाडौंमा

 असोज १, २०७५ सोमबार १९:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  – बुधबारदेखि काठमाडौंमा आयोजना हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि सबै टिम काठमाडौं आइपुगेका छन् ।

छनोट चरणको समूह ईमा नेपाल सहित मलेसिया, फिलिपिन्स र माल्दिभ्स छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भएको जनाएको छ । खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्नेछ । दोस्रो खेल म्यानमारविरुद्ध शुक्रबार हुनेछ भने आइतबार मलेसियासँग खेल्नेछ ।

समूहका दुई शीर्ष टिमले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिमा सहभागिता जनाउनेछन् । भोलि प्रतियोगितामा सहभागी टिमसहित पत्रकार सम्मेलन हुनेछ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया