भुटान निर्वाचन : प्रारम्भिक चरणमै सत्ताधारी दल बाहिरियो

 असोज २, २०७५ मंगलबार ७:१:३९ | रासस
unn.prixa.net

भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ । 

नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्याउन सफल भएका छन् । नतिजाले सत्ताधारी दल पीडीपीले आगामी अक्टोबरमा हुने दोस्रो चरणमा भाग लिन पाउने छैन । 

प्रधानमन्त्री थोब्गेले ट्वीटरमा एक सन्देश लेख्दै जनताले प्रारम्भिक चरणमा दिएको मतदान आफ्नो दललाई स्वीकार्य भएको बताउनुभएको छ । उहाँले निर्वाचनमा दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल डीएनटी र डीपीटीलाई बधाइ दिनुभएको छ । ट्वीटरमार्फत दिइएको बधाइ सन्देशमा भनिएको छ, “म डीएनटी र डीपीटी तथा उनीहरूका उम्मेदवारले तेस्रो संसदीय निर्वाचनको प्रारम्भिक चरणमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा धन्यवाद ज्ञापन गर्दछु ।” 

निर्वाचनमा सहभागिता जनाएकोमा भुटान कुएन–न्याम पार्टी (विकेपी) का अध्यक्ष तथा उक्त दलका उम्मेदवारलाई पनि उहाँले बधाइ दिनुभएको छ । विकेपीले निर्वाचनमा सबैभन्दा कम मतदान ल्याएको छ भने उक्त दलले आगामी चरणमा भाग लिन पाउने छैन । 

भुटानमा सन् २००८ मा प्रजातन्त्रको स्थापनापछि भएको यो तेस्रो संसदीय निर्वाचन हो । 

भुटानी संसदीय निर्वाचनमा विपक्षी दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) को जितलाई शरणार्थी नेताले मुलुकको प्रजातान्त्रिक आन्दोलनका सन्दर्भमा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । 

“दक्षिण भुटानीलाई लखेट्न र शरणार्थी समस्यालाई वार्ताका नाममा बिथोल्न मुख्य भूमिका निर्वाह गरेका निवर्तमान प्रधानमन्त्री जिग्मे वाई थिन्लेको पराजय केही हदसम्म सकारात्मक छ,” निर्वासनमा रहेको भुटान पिपुल्स पार्टी (बीपीपी) अध्यक्ष बलराम पौडेलले भन्नुभयो । 

“थिन्लेभन्दा पीडीपी अध्यक्ष छिरिङ तोब्गे तुलनात्मक रूपमा दक्षिण भुटानी र शरणार्थी मामिलामा केही उदार रहेको हाम्रो बुझाइ छ ।” 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया