प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो
बैशाख १२, २०८१ बुधबार
इटालीय सिरी ए फुटबलमा स्पाल विजयी भएको छ । सोमबार रातिको खेलमा एटलान्टालाई २–० ले पराजित गरेको हो । एटलान्टाको यो लगातार तेस्रो हार हो ।
पहिलो हाफ गोल रहित बराबरी खेले पनि स्पालले दुवै गोल दोस्रो हाफमा गरेको हो । दुवै गोल आन्द्रो पेन्टगनले गरेका हुन् । उनले ५० र ५६औं मिनेटमा गोल गर्दै स्पाललाई २–० को अवस्थामा पुर्याएका थिए । त्यसपछि दुवै तर्फबाट कुनै पनि गोल नभएपछि स्पाल २–० को जित निकाल्न सफल भएको हो ।
इटालीय सिरिए मा चौथो चरणको खेल सकिँदा युभेन्टस सबैमा जित निकाल्दै १२ अंकका साथ शीर्ष स्थानमा हुँदा एक खेलमा पराजित भएको स्पाल ९ अंकसहित दोस्रो र उस्तै नतिजा निकालेको नापोली गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।