कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
मुगु – मुगुमा वि.स. २०३५ मा पहिलो पटक छायाँनाथ रारा नगरपालिकाको भट्टेचौर झोलुङ्गे पुल निर्माण गरियो ।
त्यस अगाडि र पछाडि पनि अधिकांश क्षेत्रहरुमा रहेका नदी तथा खोलाहरु तुइ मार्फत नै वारपार गरिन्थ्यो । ‘पहिले–पहिले सबै क्षेत्रमा तुइनमार्फत खोलानाला वारपार गथ्र्यौ, अहिले त धेरै सहज छ’, सोरु गाउँपालिका–७, का वडा अध्यक्ष मानप्रसाद भट्टले भन्नुभयो, ‘विगतको १० वर्षको बीचमा जिल्लामा धेरै पुलहरुको निर्माण भयो, त्यसले अहिले धेरै समस्या छैन् ।’
मुगुमा धमाधम झोलुङ्गे पुल निर्माण भएपछि पछिल्ला केही वर्षयता तुइन हराउँदै गएका छन् । एकवर्षको समयमा मुगुबाट बग्ने मुख्य नदी कर्णाली र अन्य खोलामा एक दर्जन बढी तुइन हटेका छन । पहिले अधिकांश खोना नालाहरुमा भेटिने तुइनहरु भेटिन छाडेका छन् ।
‘पहिले बच्चाबच्चीहरुलाई ढुक्कले विद्यालय पठाउन सकिँदैन थियो, अहिले उनीहरु जादाँ पनि ढुक्क हुन्छ र हामीलाई पनि सहज भएको छ’, खत्याड गाउँपालिका वडा नम्बर २ का अमराज बानियाँले भभन्नुभयो ।
करिब १० वर्षसम्म तुइनबाटै दाउरा, घाँस र चौपाया ओहोरदोहोर गराएका सोरु गाउँपालिकाका धने भण्डारी अहिले खुशी भएका छन् । पहिले तुइनबाट खसेर कति मान्छे मरेको भन्ने खबर सुनिन्थे, तर अहिले ढुक्कले यात्रा गर्न पाइएको छ’, उहाँले भन्नुभयो । तुइनको दुःख सम्झँदा अहिले पनि उहाँ झस्कनुहुन्छ ।
तुइनबाट आवतजावत गर्दा धेरै पटक औंलामा चोट लागेको उहाँ बताउनुहुन्छ । मुख्यगरी कर्णाली नदीमा पुल बनेपछि जीवनयापन सहज भएको उहाँको भोगाई छ ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका अनुसार मुगुमा अहिलेसम्म ६१ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । कार्यक्रमले चालु आर्थिक वर्षमा ९ वटा पुल निर्माण गर्दैछ । सन् २०१९ सम्म २६ वटा पुल निर्माण गरी जिल्लालाई तुइनमुक्त घोषणा गर्ने लक्ष्य पनि राखिएको छ । कार्यक्रम निर्देशक जर्मन नेपालीका अनुसार जिल्लाभर पुल निर्माणमा करिब २६ करोडभन्दा बढी रकम खर्च भएको छ ।
‘एउटा पुल निर्माण गर्न ढुवानी र ज्यालासमेत करिब ३५ देखि ४५ लाख खर्च हुन्छ, पुल बनेपछि ६ हजार स्थानीयबासिन्दालाई आवतजावत गर्न सहज भएको छ’, जर्मन नेपाली भन्नुहुन्छ ।
पुल निर्माणका क्रममा करिब ४१ प्रतिशत उपेक्षित वर्ग, दलित, महिला र जनजातिले रोजगारी पनि पाएका छन् । सडक सुविधा पुगेपछि पुलको लढी, स्टिल पार्टलगायत सामग्री ढुवानीमा सजिलो भएको दुर्गम क्षेत्र विकास समितिका इञ्जिनियर सरोज केसीले बताउनुभयो । मुगुमा सबैभन्दा लामो १ सय ५० मिटरको पुल खत्याड गाउँपालिकाको हयाङलु गाउँमा निर्माण गरिएको छ ।
उक्त पुलले मुगु र बाजुराको सम्बन्ध जोडेको छ । मुगुमा अन्य विकासका कामभन्दा पुल निर्माणले गति लिएको र राम्रो प्रगति देखिएको जिल्ला इन्जिनियर गंगाप्रसाद महत्तोले बताए । उनका अनुसार पुल बनेपछि दुर्गम बस्ती र सदरमुकामको सम्बन्ध जोडिएको छ भने स्थानीयलाई आउजाउमा सजिलो भएको छ ।
झोलुङ्गे पुलले गर्दा जिल्लाका ७५ प्रतिशत बस्ती र समुदायको सम्बन्ध जोडिएको छ । पुलको वारिपारि होटल र पसल थालेर स्थानीयले जीविकोपार्जनमा समेत सुधार गरेको छन । सोरुको सिपघाट, खत्याड गाउँपालिकाको झुगाला, मुगम कार्मारोङ्ग गाउँपालिकाको छाईल र नगरपालिकाका बालै, रुगा लगायतका क्षेत्र त सामान्य बजार क्षेत्रमै परिणत हुदैछन् ।
पुल बनेपछि बजार विस्तार भएको र व्यापार व्यवसाय फस्टाएको छायाँनाथ रारा नगरपालिकाको ०६ नम्बर वडाका रामसिहं सेजुवालले बताए ।
मुगुका उज्यालो सहकर्मी श्याम बिसी रेडियो मुगुमा पनि काम गर्नुहुन्छ ।