अनलाइन सेयर कारोबारमा अभ्यस्त बनाउन मंगलबारदेखि मोक ट्रेडिङ्ग सुरु हुने

 असोज २, २०७५ मंगलबार १०:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनलाईन सेयर कारोबार प्रणालीका लागि लगानीकर्तालाई अभ्यस्त बनाउन मंगलबारदेखि मोक ट्रेडिङ्ग सुरु गर्ने भएको छ ।

यसअघि सीमित लगानीकर्ता तथा सेयर दलाललाई मोक ट्रेडिङ्ग गराएको नेप्सेले मंगलबारदेखि आम लगानीकर्ता मोक ट्रेडिङ्गमा सहभागि हुन सक्ने जनाएको हाे । लगानीकर्ता अहिले भने मोक ट्रेडिङ्गमा कम्युटरबाट मात्र सहभागि हुन सक्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो । 

मोक ट्रेडिङ्गमा लगानीकर्ताले आफैँ सेयर खरिद विक्रिको लागि आदेश दिन सक्नेछन् । नेप्सेले सोमबार पत्रकार सम्मेलन गरि मोक ट्रडिङ्गको यूजर म्यानुअलसमेत सार्वजनिक गरेको छ ।

यो ट्रेडिङ्ग अभ्यासको लागि मात्र भएकोले यसमा कारोबारको राफसाफ भने नहुने तर रियल टाइम मार्केट डेप्थ हेर्न सकिने सुबिधा रहने साउदले बताउनुभये । लगानीकर्ताले आफूले दिएको अर्डर र कारोबार हेर्न सक्नेछन् भने अर्डर रद्ध वा परिवर्तन गर्नसक्ने फिचर पनि हुनेछ ।

मोक ट्रेडिङ्ग वास्तविक कारोबार नभए पनि यो अनलाईन कारोबारको लागि अभ्यस्त बनाउन लागू गरिएको नेप्सेले जनाएको छ । 

मोक ट्रेडिङ्गमा सहभागिता जनाउन हरेक लगानीकर्ताले आफूले कारोबार गर्ने सेयर दलाल कार्यालयबाट युजर नेम र पासवर्ड लिनुपर्छ । पूर्ण अनलाईनबाट सेयर कारोबार भने २ महिनापछि मात्र सञ्चालनमा आउने नेप्सेले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया