ललितपुरमा भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण
बैशाख ७, २०८१ शुक्रबार
काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनु भएको हो । गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ ।
नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई मारमा पार्ने काम मात्रै गरिरहेको दावी गर्नु भयो । मंगलबार सर्वोच्च नेता गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभा भगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूला नारा दिए पनि नागरिकलाई राहत दिने कुनै पनि काम गर्न नसकेको दावी पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली देश र जनताको नभई केही सीमित व्यक्तिहरुको ‘इन्ट्रेष्ट’ मा चलिरहेको आरोप पनि लगाउनु भयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले सरकारलाई कामै गर्न नसक्ने फिष्टेको रुपमा चित्रण गर्नुभयो । कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दावी छ । नेता सिंहले काँग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गर्नुभयो ।
उहाँले सर्वाेच्च नेता गणेशमान सिंहले देखाएको बाटोबाटै काँग्रेस अघि बढिरहेको पनि बताउनु भयो । कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, नेता नवीन्द्रराज जोशीलगायतका काँग्रेस नेता, कार्यकर्ताहरुले त्यहाँस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।