हाफ म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीलार्इ

 असोज २, २०७५ मंगलबार १२:४८:० | उज्यालो सहकर्मी

काठमाडाैं - संविधान दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप परिसरमा आज बिहान भएको म्याराथनको उपाधि पार्कीले जितेका हुन् । हाफ म्याराथनको निर्धा्रित दूरी २१ किलोमिटर पार्कीले १ घण्टा १० मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए । दोस्रो, तेस्रो र चौथो स्थानमा भने आर्मीका खेलाडी आएका थिए । १ घण्टा ११ मिनेट ५ सेकेण्डमा दूरी पुरा गर्ने त्रिभुवन आर्मीका होमलाल श्रेष्ठ दोस्रो भएका थिए ।

हरि कुमार रिमाल तेस्रो भए । हरिले १ घण्टा १२ मिनेट २५ सेकेन्डमा दुरी पूरा गर्दै तेस्रो स्थान हात पारेका हुन ।

खगेन्द्र भाट १ घण्टा १२ मिनेट ४५ सेकेन्डका साथ चौथो हुदा एपीएफका किरनसिंह बोगटी र खिम बहादुर खत्रीले पाँचौ र छैटौं स्थानमा रहेका थिए ।

हाफ म्यारथनको उपाधि जितेका गोपीले ५० हजार रुपैया प्राप्त गर्दा दोस्रो भएका होमलालले ३० हजार र तेस्रो स्थान हात पारेका हरिले २० हजार रुपैया प्राप्त गरे । चौथो हुनेले १० हजार प्राप्त गर्दा पाँचौ र छैटौ भएकाले समान ५ हजार प्राप्त गरेका थिए ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट र युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन प्रकाश सापकोटाले पुरस्कार प्रदान गरेका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया