कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भि...
बैशाख १३, २०८१ बिहिबार
बलिउड तथा हलिउडमा आफ्नो अभिनयका कारण संसारभर चर्चित अभिनेत्री प्रियंका चोपडा पाँच वर्षको उमेरदेखि एउटा रोगसँग संघर्ष गरिरहेकी छिन् ।
यस रोगको खुलासा प्रियंका स्वयमले ट्वीटरमार्फत गरेकी छिन् ।
प्रियंका चोपडा पाँच वर्षकी हुँदा दम रोग लागेको थियो । उनले भनेकी छिन, ‘दम एक रोग हाे, यसलाई लुकाएर राख्नु आवश्यक छैन ।’ ट्वीटरमा उनले एउटा भिडियो पनि शेयर गरेकी छिन् ।
भिडियोमा उनले भनेकी छिन–‘म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु । मेरी आमाले मलाई धेरै सहयोग गर्नुभयो । ‘पहिले मलाई मानिसरुल धेरै औषधी सेवन गर्नुहुँदैन, पछि औषधी खाने बानी बस्छ भन्थे ।
त्यसपछि मैले औषधि लिन बन्द गरें र इन्हेलर प्रयोग गर्न थालें, प्रियंकाले थपिन्, ‘यो औषधीहरुभन्दा राम्रो हुन्छ । मेरो नजिकका धेरैलाई मलाई दम छ भन्ने थाहा छ । मैले यसलाई कहिले पनि लुकाउने कोशिश गरिनँ ।’
प्रियंकाले अगाडि भनेकी छिन् ‘कैयौं पटक जब म स्टेजमा प्रस्तुति दिइरहेकी हुन्छु वा धुलोधुवाँ वरपर हुन्छु त्यसबेला मलाई इन्हेलरको आवश्यकता पर्दछ । त्यतिबेला मेरो वरिपरिका व्यक्तिहरुले मलाई दम रोग छ भन्ने थाहा पाउँछन् । तर मैले आफूलाई सम्हाल्दै मेरो कामलाई सुचारु गर्थे त्यसैले मेरो काममा बीचैमा कहिलेपनि रोकिएन । त्यसैले आज म यहाँसम्म आइपुगे ।’
केही समय अघि प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छोडेर मिडियामा चर्चाको विषय बनेकी थिइन् भने त्यसपछि उनका प्रेमी निक जोनसका साथ इन्गेजमेन्ट गरेर चर्चा बटुलेकी थिइन् ।
प्रियंकाका प्रेमी निक जोनस पनि मधुमेह रोगी हुन् । निक जोनस पनि मधुमेह रोगको औषधीको विज्ञापनमा काम गर्छन् । प्रियंकाको दम रोगीले प्रयोग गर्ने इन्हेलरकोे विज्ञापनको भिडियो हालै मुम्बईमा छायाँकन गरिएको हो । प्रियंका र निक यतिबेला विवाहको तयारीमा व्यस्त छन् । यो जोडी छिट्टै नै विवाह बन्धनमा बाँधिनेछ ।