माेटरसाइकलमा अाएका व्यक्तिहरुले महाेत्तरीमा ५ लाख रुपैयाँ लुटे

 असोज २, २०७५ मंगलबार १५:५०:३४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशालाबाट मंगलबार एक व्यक्तिको साथबाट ५ लाख रुपैयाँ लुटिएको छ ।

मंगलबार गौशालातर्फ आइरहेको समयमा गौशाला-५ मा रहेकाे मरहा नदीमा नचिनेका मानिसहरुकाे समूहले मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट रकम लुटेका हुन् ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले विनोद चौधरीको साथबाट रकम लुटेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको  छ। 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया