रेल र पूर्व पश्चिम राजमार्गसहित ठूला आयोजनामा कसले लगानी गर्दैछ ?, अर्थमन्त्री भन्छन, अर्को महिनासम्म कुर्नुहोस् !

 असोज २, २०७५ मंगलबार १६:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले देशका ठूला विकास निर्माणका आयोजनामा लगानी जुटाउने काम भैरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले साना र मझौला आयोजना स्थानीय तह र प्रदेशले हेरिरहेको भन्दै अर्थ मन्त्रालयले ठूला आयोजनाको लागि लगानी जुटाउन लागिपरेको जानकारी दिनुभयो ।

‘पूर्वपश्चिम राजमार्गका कुन–कुन ठाउँमा क–कसले लगानी गर्ने भए, रेलमार्गमा कस्ले लगानी गर्छ, ठूला जलविद्युत आयोजना र विमानस्थलमा कसले लगानी गर्दैछ भन्ने विषयमा म अर्को महिना बताउनेछु, धेरै आयोजनामा कस्ले लगानी गर्ने भन्ने कुरा अन्तिम चरणमा पुगेको छ’, मन्त्री खतिवडाले भन्नुभयो ।

अर्थमन्त्रीले ठट्यौली पारामा पत्रकारसँग भन्नुभयो, ‘मैले त ६ वटा सुरुङमार्ग पनि बनाउने भनेको थिएँ, त्यो चाँही तपाईँहरुले सोध्नुभएन, तर यी जम्मै कुराहरु म अर्को पत्रकार सम्मेलनमा भन्नेछु, सबै ठूला आयोजनामा दातृ निकायसँगको सहयोग जुटाउने कुरालाई हामीले माथिल्लो चरणमा पुर्‍याइसकेका छौं ।’

सरकारको अहिलेको प्राथमिकता विदेशी सहायता र लगानी जुटानउमा केन्द्रित रहेको पनि उहाँले बताउनुभयो । १ सय १ मेगावाट क्षमताको तामाकोशी पाँचौ  परियोजनामा एसियाली विकास बैंकले १५ अर्ब लगानी गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया