यस्ताे छ ‘ठग्स अफ हिन्दोस्तान’ मा अमिताभ बच्चनको फर्स्ट लुक

 असोज २, २०७५ मंगलबार १८:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

‘ठग्स अफ हिन्दोस्तान’ मा रहेकाे अमिताभ बच्चनको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको छ । पोस्टरमा अमिताभ बच्चनको लुक निकै भयंकर देखिएको छ । 

अभिनेता आमिर खानको बहुप्रतीक्षित यस फिल्मको लोगो सोमबार सार्वजनिक गरिएको थियो । 

फिल्मको यस पोस्टरलाई यसराज फिल्मस्को ट्वीटर ह्याण्डलबाट सेयर गरिएको छ । यस पोस्टरमा अभिताभ बच्चन योद्धाको रुपमा देखिएका छन् । यस पोस्टरमा अमिताभबाहेक एउटा गिद्धपनि उडिरहेको देख्न सकिन्छ । बलिउडमा पहिलोपल्ट कुनै फिल्मको पात्रलाई मोशन पोस्टर मार्फत सार्वजनिक गरिएको छ । 

अभिनेता आमिर खान यस फिल्मको प्रचार प्रसारका लागि नयाँ नयाँ तरिका अपनाइरहेका छन् । प्रचार प्रसारका लागि बनाइएको २५ सेकेण्डको यो भिडियो निकै शानदार तरिकाले निर्माण गरिएको छ । 

— Yash Raj Films (@yrf) September 18, 2018

फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फिलिप मिडोज टेलरले लेखेको उपन्यास ‘कन्फेशन अफ अ थग’ को कहानीमा आधारित छ । आमिर खान र अमिताभ बच्चनका अलावा अभिनेत्री कट्रिना कैफ र फातिमा सना सेखको पनि मुख्य भूमिका रहेको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया