स्नातक पास र ४० वर्षमुनिको हुनुहुन्छ ? सर्टिफिकेट धितो राखेर ऋण लिन तयार हुनुहोस्

 असोज २, २०७५ मंगलबार १८:२३:९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत दरमा दिइने ऋणको कार्यविधि तयार पारेको छ । बजेटमा भएको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको बजेट कार्ययोजनामा भदौ महिनाभित्र कार्यविधि बनाउने उल्लेख थियो ।

कार्ययोजनामा उल्लेख भएअनुसार नै मन्त्रालयले भदौ महिनामै कार्यविधि बनाएको छ । ‘हामीले तोकिएको समयमा नै कार्यविधि बनाएका छौँ, अब मात्र केही प्राविधिक कुरा हेरेर प्रिन्ट गर्ने काम बाँकी छ, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘देशमा केही गर्न चाहनेलाई मंसिरदेखि ऋण दिन सुरु गर्ने गरी तयारी छ, सर्टिफिकेट धिता राखेर ऋण लिन तयार हुनुहुहोस् । 

स्नातक पास हुनैपर्ने, ४० वर्ष ननाघेको हुनुपर्ने

कार्यविधिमा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनको लागि स्नातक तह पास गरेकै हुनुपर्ने उल्लेख छ । प्राविधिक र गैर प्राविधिक जे विधामा  स्नातक गरे पनि ऋण पाइने कार्यविधिमा छ । ‘काम गर्छु भनेर विश्वास दिलाउने प्रस्तावसहित आएमा प्राविधिक र गैरप्राविधिक जे विषयमा स्नातक पढे पनि ऋण दिने व्यवस्था कार्यविधिमा छ’, सहसचिव खत्रीले भन्नुभयो, ‘जे होस प्रस्तावमा भएको कुराले बैंकहरु कन्भिन्स हुनुपर्‍यो, ऋण पाइन्छ ।’

यस्तै ५ प्रतिशत सहुलियत ऋण पाउनको लागि ४० वर्ष ननाघेको पनि हुनुपर्नेछ । ४० वर्षभन्दा माथि उमेरकाले प्रमाणपत्र धितो राखेर ऋण नपाउने कार्यविधिले जनाएको छ । 

५ वर्षमा ऋण तिरिसक्नुपर्ने, नतिरेमा राज्यका कुनै पनि सुविधा नपाइने

सरकारले सहुलियतमा दिने कर्जाको  समायावधि ५ वर्ष तोकेको छ । ५ वर्षभित्र ५ प्रतिशत ब्याजसहित ७ लाख रुपैयाँ तिरिसक्नुपर्ने कार्यविधिमा प्रष्ट लेखिएको छ । यदी ५  वर्षभित्र ऋण नतिरेमा राज्यले दिने कुनै पनि सेवा नदिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारको पैसा त हो नि भनेर ऋण नतिरेमा वृद्धभत्ता, अपाङ्खता भत्ता, स्वास्थ्य बीमा, सहुलियत लगायतका कुनै पनि सेवा बन्द गर्ने मन्त्रालयले जनाएको छ । 

कर्जा दिनेको सुरक्षण र व्यवसायको बीमा

जुन बैंक तथा वित्तीय संस्थाले युवामा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ लगानी गरेको हुन्छ, त्यसको सुरक्षा सरकारले गर्छ । कर्जा सुरक्षण कोषले ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको कर्जाको सुरक्षा गर्ने अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

यस्तै ऋण लिनेले जे व्यवसाय या उद्यम गरेको छ, उसको पनि व्यवसायको पनि बीमा गर्ने कार्यविधिमा उल्लेख छ । कुनै कारणले व्यापार व्यवसाय डुबेमा उसले बीमाबाट त्यसको क्षतिपूर्ति पाउनेछ । 

अन्य ६ वटा शीर्षकमा सहुलियत ऋण पाइने

अर्थ मन्त्रालयले पहिले नै भएको पशुपालन व्यवसाय कर्जालाई केही नयाँ प्रावधानसहित फेरि लागू गर्नेछ । यसको लागि पनि कार्यविधि बनिसकेको छ । 
यस्तै महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा ६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउने छन् । 

विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा  ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने पनि अर्थ मन्त्रालयले व्यवस्था गरेको छ । यसको पनि कार्यविधि बनिसकेको छ ।

यस्तै दलित समुदायले केही व्यवसाय गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । 

पढ्न मन भएका तर पैसा नभएर पढ्न नपाएका विपन्न समुदायका युवाहरुले शैक्षिक ऋण पाउनेछन् । यसको पनि कार्यविधि बनिसकेको छ । प्लस टु पास गरेका विपन्न समुदायका युवाले ५प्रतिशत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । 

र भूकम्प पीडितले पनि ५ प्रतिशत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् । सरकारले दिएको ३ लाख रुपैयाँ अनुदानले घर बनाउन नपुगेको वा केही इलम गर्न चाहनेले यो ऋण पाउनेछन् । 

दोहोरो कर्जा नपाउने

अर्थ मन्त्रालयले ७ प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि कुनै पनि व्यक्तिले दोहोरो ऋण नपाउने जनाएको छ । ‘कोही स्नातक तह पास गरेर विदेश गएकी दलित महिला रहेछिन् अनि उनको भूकम्पले घर पनि भत्किएका रहेछ भने उनले त अनेक हिसाबबाट ५/६ वटा शीर्षकमा सुहलियत ऋण लिन सक्ने खतरा हुन्छ, त्यसैले हामीले एउटा शीर्षकमा ऋण दिएपछि अर्को शीर्षकमा नदिने कुरा कार्यविधिमै उल्लेख गरेका छौँ’, सहसचिव खत्रीले स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

17 Comments

  • Yamuna khadka

    Sept. 23, 2018, 3:31 p.m.

    एकदम राम्रो।छिट्टै कार्यान्वयन भए झनै राम्रो।।

  •  0 Reply
  • Ranjit das

    Sept. 22, 2018, 6:13 a.m.

    I want to work on agriculture field.

  •  0 Reply
  • Raju Prasad Bhurtel

    Sept. 21, 2018, 9:30 p.m.

    I am ready and capable this term and conditions

  •  0 Reply
  • मनोज यादव

    Sept. 21, 2018, 3:43 p.m.

    कुरा कुरैमा सिमित नरहोस् र पाउने व्यक्ति ले पायोस सरकार |

  •  0 Reply
  • सुर्यकिरण रोका मगर

    Sept. 20, 2018, 5:46 p.m.

    यो योजनाको खुल्ला हृदयले प्रशंसा गर्दछु।किनकि स्नातक पढेको मान्छेले जागिर नपायपनि अब अाफुले सोचेको काम गर्न सक्ने भयको छ।अब पढाइको पनि महत्त्व हुन्छ। ह्या पढेर के हुन्छ र?? भन्ने हरुका लागि गतिलो झापड भयको छ।तर कार्यबिधि दुरदर्शिता सहित प्रस्तुत भय राम्रो होला।अनि साथि हरु तपाईं हरु अब जागिरको पछि नलाग्नुस ब्यापार गर्नुस सात लाखले पक्कै केही पनि ब्याबसाय गर्न सकिन्छ ।धन्यवाद सरकार छिटोभन्दा छिटो लागू गर।

  •  0 Reply
  • नर बहादुर बिक

    Sept. 20, 2018, 1:34 p.m.

    यो व्यवस्था त ठिकै हो तर सेवा सुबिधा पाउने क्रममा एउटाको नामबाट अर्कोले पाउनु भएन।हाम्रो देशको नितिनियम त भन्न मिलेन तर ठुलाबडाहरुले सर्वसाधारणलाई धम्की दिएर त्रसाएर अर्काको सेवा सुबिधा पनि लिने गरेका छ्न।त्यस्तो नहोस।

  •  0 Reply
  • Bhim kumar Mandal

    Sept. 19, 2018, 7:39 p.m.

    Dherai raamro kaam ... chaadai laagu hos...

  •  0 Reply
  • विष्णु

    Sept. 19, 2018, 3:56 p.m.

    याेजना धेरै राम्राे हाे तर नेपालबाट विदेश निर्यात गर्ने भनेकै युवा मात्र हाे तसर्थ स्नातक तह पास अनिवार्य गरिरहदा नेपालमा स्नातक तह उतिर्ण गर्नेकाे सख्या कम हाेला जाे कम पढेका छन कम पढ्ने चै विदेश बनाई रहने अनि कसरि उन्नति हुन्छ?स्नातक तह भन्दा नि माध्यमिक तह काे लागि नि केहि व्यवस्था गरे राम्राे हुन्थ्याे।जस्ताे कि स्नातक काे लागि ७ लाख हाे चने +2 पास गर्नेकाे लागि 5 लाख अनि +2 नसकेका लागि समुह बनाएर जादा प्रति व्यक्ति ३ लाख गर्दा समग्र समेटिन्थाे कि??

  •  0 Reply
  • अन्जन शर्मा

    Sept. 19, 2018, 11:27 a.m.

    कार्यविधि कस्ताे बन्याे सबै कुरा त्यसैमा भर पर्दछ । ११,१२ प्रतिशतमा लिएकाे निक्षेप ५ प्रतिशतमा लगानी गर्न बैकले नसक्ने हुँदा अावश्यक व्यवस्था मिलाउने कुरामा अर्थमन्त्रालय संवेदनशील हुनुपर्दछ ।कार्यक्रम राम्रो भएकाेले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ ।

  •  0 Reply
  • Pankaj mehta

    Sept. 19, 2018, 11:03 a.m.

    Yearly nai interest lagxa hjr..

  •  0 Reply
  • shankar shahi

    Sept. 19, 2018, 10:58 a.m.

    नपढे का लाई केब्यब सता हुन्छ त

  •  0 Reply
  • arjun dhungana

    Sept. 19, 2018, 10:03 a.m.

    स्वदेश्मै केहि गर्छु भन्ने लाई आशा को किरण हो यो।।।

  •  0 Reply
  • Bimod Dhakal

    Sept. 19, 2018, 9:59 a.m.

    राम्रै हो।तर loan भन्दा पनि रोजगारको ब्यबस्था गरेको भए सुनमा सुगन्ध हुने थियो होला तर खै यो योजना सफल होला त। रोजगार त पाउलान तर विदेसिन भने कम हुने छैन।यसकालागी रोजगारको ब्यबस्था गर्नु पर्छ ।any way good news for us.

  •  0 Reply
  • Rakesh yadav

    Sept. 19, 2018, 9:20 a.m.

    युवा लक्षित वर्ग अन्तरगत युवा स्वरोजगार नीति देश विकाशको लागि अति उत्तम विकल्प जस्तो लाग्दोरहेछ /

  •  0 Reply
  • Dipak acharya

    Sept. 19, 2018, 7:14 a.m.

    यदि सरकारले धितोको सट्टा रोजगार दिएको भए राम्रै हुने थियो कि ?

  •  0 Reply
  • Jayakrishna Chaulagain

    Sept. 19, 2018, 5:02 a.m.

    व्यवस्था त असल नै हो तर खै व्यवस्थापन कुशल हुन्छ कि हुँदैन! तर नाम एउटाको दाम  अर्काको नहोस् सरकार !

  •  0 Reply
  • Deukumar lawati

    Sept. 18, 2018, 9:36 p.m.

    good news

  •  0 Reply

तपाईको प्रतिक्रिया